previous arrownext arrow
Slider

थारु समाजमा व्याप्त विकृति, विसंगती एवम कुरीतीहरु : कारण र समाधान

– डा पुलकित चौधरी “पल्लव्” , कोरोना महाव्याधि निषेधाज्ञाकाल्, भाद्र ९, २०७७ , काठ्मान्डौ

पृष्ठभुमि:

थारु समाजमा विगत केहि दशक र खास गरी हालका वर्षहरुमा नयाँ युवा पिढीमा देखा परेका  विकृति, कुरीती, कुलत्, कुसंस्कार्,  एवं सांस्कृतिक  विचलन सम्पुर्ण समाजको अधोगमनका मुल कारणहरु र यसका कारक तत्व हरु को पहिचान्, अध्ययन, विश्लेषण्, एवं समाधान का उपाय हरु, अग्रगमनका लागी सुधारका  कार्यक्रम हरु पता  लगाउन एकदमै जरुरी र महत्वपूर्ण छ किनभने समस्याका मुल कारण थाहा न भइ सही समाधान निकाल्न सकिदैन ।

थारु समाजमा समस्याहरु छन फलाकेर्, विकृति, कुरीती, कुलत्, कुसंस्कार्,  एवं सांस्कृतिक  विचलन बड्दै गई रहेका छन , थारु समाजलाई  दिनानुदिन  बर्बाद गर्दै छन , अधोगती तिर धकेल्दै छन भन्नेर मात्र केहि हुँदैन र हुनेवाला  छैन । अर्को कुरा सबै खत्म हुँदै छन्, अब सुधारिने हुनेवाला  छैन  जस्ता घोर निराशावदी सोचाइ  र सधैं  भरी नकारत्मक धारणा पालेर  मात्र केहि हुँदैन र हुनेवाला  छैन  भन्ने गलत धारणा  र विस्वास हटाउनै पर्छ ।  समस्याका मुल कारण थाहा पता लगाइ  सही समाधान निकाल्नै पर्छ । 

शरीर स्वस्थ  न भई  वा शरीर तन्दुरुस्त न भएसम्म  मन्, मुटु, सोच्, विचार , व्यव हार  र कर्म स्वस्थ,  सिर्जनत्मक एवं सकारात्मक  हुन सक्तैन । थारु समाज को स्थुल शरीर मा नै धमिरा लागेको र जडा  देखी नै ग्रस्त भएको ले ति धमिराहरु र तीन ले परेका  असरहरु को जरा सम्म पुगेर निकालेर फलेमा  मात्र  समाज को स्थुल शरीर स्वस्थ , निरोगि, उर्जावान्, र उन्नतिशिल हुने छ नत्र  साना तिना  उपाय वा बहिरी साज सृंगार वा मात्र ईतिहास्, कला , संस्कृती र समाजिक सुधार ले थारु समाज को स्थुल शरीर स्वस्थ , निरोगि, उर्जावान्, र उन्नतिशिल हुनेवाला  छैन , मन मुटु हौसला, उम्ंग र उत्साह ले भरिपूर्ण हुनेछ , अनि मात्र फेरी  थारु समाज सुखि, सम्म्पन  र सफल  हुनेछ ।

थारु समाजमा विधमान समस्याहरु आफै हल हुँदैन , नत्र अरु कोही आएर गरी दिने वाला छ । जहाँ समस्याहरु उत्पन भएका छन , जसका कारण  बढेका छन , जस लाई असर गरेका छन ति समाज का व्यक्ति, परिवार्, समुदाय , त्यस्का अगुवा, विद्वान हरु नै लाग्नु पर्छ ।  यसका व्यतिक्, परिवारिक्, समाजिक , शैक्षिक्, आर्थीक्, राजनैतिक र सांस्कृतिक  कारण हरु खोज्नु पर्दछ । युवा पुस्ता लाइ वा पुराना पुस्तालाइ दोष दिएर  र जिम्मेवार ठहराएर मात्र हुँदैन किन कि यस्का थुप्रै अन्य कारण र कारक तत्व हरु हुन सक्छन । यसका जरा समै पुगेर आन्तरिक र बहिरी कारक तत्व हरु , बदलिदो देश्, काल्, परिस्थिती ले परेका प्रभावहरु, यसका अन्तर समबंध हरु  को  खोज्, अनुसंधान  गरेर तह कारण हरु को तह सम्म  पुगेर ठोस समाधान हरु  पता लगाउनु पर्दछ ।

यस्ता खोज्, अनुसंधान कार्य का हरेक चरण मा थारु समाज का सबै वर्ग र पुस्तालाई- प्रौढ , व्यस्क,  पुरुष, महिला, युवाहरु लाई संलग्न र सह्भागी गराउनु पर्दछ र शुरु देखी नै जानकारि र बुझाई भएमा आफ्नै काम ठानेर पुरा तन्, मन र धन ले लाग्ने छन साथ साथै खोज्, अनुसंधान बाट निस्किने  समाधान बढी सर्वस्विकार , व्याव्हारिक र  सुधार का कार्यक्रम हरु सफलता पुर्वक संचालन गर्न सहयोगी  हुनेछन ।

थारु समुदाय आफै यस खोज्, अनुसंधान  कार्य मा संग्लन भई सके पछी यस्का स्वामित्व  र कार्यन्व्यन का आफै जिम्मेबारी लिने निश्चित छ । खाली बहिरी व्यक्ती ले   पता  लगाएका कारणहरु  तिनिहरु लाई स्विकार वा चितबुझ्दो न हुन सक्छ वा एक प्रकार ले अपमान जस्तो गरे जस्तो मह्सुस हुन गराउन सक्छ ।

तर आफ्ना कमि, कमजोरि,  गल्ती हरु वा सुधार गर्नु पर्ने कुरा हरु आफै ले पता लगाए का ले  सुधार का कार्यक्रम हरु सफलता पुर्वक संचालन गर्न,  आफै जिम्मेबारी लिने , आफै  अग्रसर  हुने  भएको ले  सफलता पाउन सबै लाई सह्भागी र परिचालन गरेर अगाडी बढने छ । सबै ले बुझने  र बुझाउने गरी सचेतना, सुचना  शिक्षा र संचार का अभियान फैलाएर –  व्यक्ति, परिवार्, समुदाय आफै बाट सुधार का कार्यक्रम हरु संचालन गर्न, संग संगै सक्षमता तालिम र अनुकुल एवं सहयोगी सकारात्मक वतावरण  निर्माण गरेर एकजुटता कयम राख्नु पर्दछ ।

अध्ययन, विश्लेषण् , अवलोकन्, अन्तर्वार्ता र तथ्य प्रमाण संकलन का क्षेत्रहरु:

थारु समाजमा हालका वर्षहरुमा खास गरी नयाँ युवा पिढीमा देखा परेका  विकृति, कुरीती, कुलत्, कुसंस्कार्,  एवं सांस्कृतिक  विचलन का मुल कारणहरु र यसका कारक तत्व मात्र छैन्, त्यस भन्दा पनि धेरै सकारात्मक र सुन्दर पक्षहरु छन ।

थारु समाज संग गौरव गर्न लायक इतिहास , एकदम धनी  भाषा, संस्कृती एवं युगौ युग देखी को स्ंचित समृध सम्पदा र अनुभव छन्, पुर्खा हरु को बिर्तापूर्ण विरासत   छन् । केहि दशक अगाडीसम्म  पनि थारु समाज सुखी,  सम्पन्न एवं आत्मनिर्भर रकेका र एक्दम व्यवस्थित तथा बलियो सामाजिक  व्यवस्था भएको सम्पन्न र सुरक्षित थरुहट थियो । तर समय को प्रवाहमा अहिले विगत थरुहट का गौरव पुर्ण गाथाहरु  र समाज का पथप्रदर्शक  एवं प्रेरणाश्रोत हरु ओझेल मा पर्दै गएका छन र बिर्सदै गएका पाइन्छन । विगतमा एक से एक उदाहरणिय व्यक्तीहरु अनुकरणिय  काम हरु गरेर Role model भएर प्रेरणा दिएका र थारु समाज लाई मार्गदर्शन  गरेका थिए, आउने पुस्ताहरु लाई उत्प्रेरणा र प्रोत्साहन दिने गरेका थिए । तर अहिले आएर थरुहट का परिवारिक्, समाजिक , शैक्षिक्, वतावरणहरु र संरचनाहरु कमजोर  हुँदै गएका छन , प्रेरणापुरुषहरु हराउदै गएका छन , सकारातमक एवं सिर्जनात्मक  परिवारिक्  र समाजिक वतावरणहरु क्षिण हुँदै गएका छन । यस्का मुल कारण हरु खोज्नु जरुरी छ । ती महान थारु विभुती हरु र तीनका गौरव गाथा हरु, विशाल विरसत   बिर्सेर  थारु समाज आफ्नै शक्ति, सामर्थ्य र अपार सम्भाव ना बिर्सेदै गइ रहेका छन ,  ती प्रेरणा का  प्रकाशपुंज  हरु फेरी बाल्नु  पर्‍यो , ती गौरव गाथा हरु पुन स्मारण गर्नु पर्‍यो र शक्ति, सामर्थ्य पुन जागराण गर्नु  पर्‍यो ,  थारु समाज का पुराना गौरव पुर्ण दिन हरु यस्का  समृधी , सम्पन्नता एवं आत्मनिर्भरता फर्काउनु पर्‍यो । यस्का हरु उपाय हरु पता लगाउनु पर्दछ ।

अनुमानित , संभावित परीस्थिती , कारणहरु र यसका कारक तत्व हरु :

समय संगै बदलिदो  वतावरण,  मौसम , जल्, जमिन्, जंगल्, जनसंख्या,  आन्तरिक र बाह्य बसांइ सराइ का दबाव एवं प्रभाव हरु को पहिचान र आंकलन गर्नु  जरुरी र मह्त्वपुर्ण छ । खासगरी तराई बाट मलेरिया उन्मुलन भए पछी  थरुहट का उर्वरा भुमीमा माथि पहाड र दक्षिण भारत वाट ठुलो मात्रा मा जनसंख्या को बसांइ सराइ भयो र जग्गा अतिक्रमण  भयो । फलस्वरुप  वर्षौ देखी को  थरुहट का एकक्षत्र  सुदृढ सम्राज्य र व्यवस्थित तथा बलियो सामाजिक ढांचा र व्यवस्था  केहि चारमराउन थाल्यो  र दबाव एवं प्रभाव पर्न थाल्यो ।

समय  वद्लाब संगै नयाँ नयाँ चिजविज हरु, सुख सुविधा का साधन हरु, बिलसिता का प्रसाधन हरु आए, मनोरंजन , मासु मदिरा जस्ता वस्तु हरु जता ततै उपलब्ध हुन थाले । थारु समाजमा पहिला कहिल्यै न सुनेका,  न सोचेका र न भ्एका  चलन र कुरिती हरु देखिन थाले र समय को क्रम मा बढन थाले ।  जुवा, तास्, दारु सेवन जस्ता कुलत हरु बढन थाले र त्यस बेला सम्म प्रसस्त जग्गा जमिन भएका थारु हरु  यि नयाँ नयाँ सुख सुविधा का साधन हरु धेरै नै प्रयोग गर्न थालेर पछी पछी यसको कुलत र गलत व्यवहार मा फस्दै गएर भएका  जग्गा जमिन बेचेर भए पनि यी शौक हरु मा रमाए र  रमाउदै गए । । विस्तारै प्रसस्त जग्गा जमिन भएका थारु हरु जग्गा जमिन कम हुँदै गएर कती त गरीब भए र त्यो नयाँ नयाँ आएका बाहिरिया साहु महाजन का कहिल्यै न सकिने चक्री ऋण कर्जा मा डुब्दै गएर कती कंगाल भए । । देखिन्छ ।

कतिपय जिल्ला र क्षेत्र हरुमा करमविर , कर्मठ किसान हरु कालान्तर मा भुमिहिन हुंदै  कमैया समेत बन्ने परीस्थिती बन्यो र जसका पिता पुर्खा जमिन्दार भुमिपती थिए , समाज का अगुवा संचालनकर्ता थिए तीनका वंशज हरु लाई हरु ले अनेक जाल्, झेल्, छल कपट र निच दुष्टाइ गरेर सोझा, साझा इमान्दार  भुमिपुत्र हरु लाई  जुवा, तास्, दारु सेवन जस्ता कुलत हरु र रन्डिवाजी जस्ता गलत  व्यवहार मा पार्दै  वा पारिएर ,  क्रमश कमजोर  पार्दै  रैथाने थारु हरु का जग्गा जमिन लाई हडपदै  कमैया समेत बन्ने परीस्थिती बनाए । सोझा, साझा इमान्दार  भुमिपुत्र हरु जस्ले बाहिरिया बजिया लाई जग्गा जमिन दिएर बसाए,  संरक्षण र सुरक्षा दिए , ती नै भष्मासुर हरु ले  सोझा संरक्षक लाई दास र कमैया बनाए । यी परीस्थिती हरु किन कसरी,  तयार  भए र थारु मात्रै किन यस्का शिकार भए, गहन र गंभिर खोज्, अनुसंधान  को विषय हो ।

केहि नकारात्मक तर्क , टिकाटिप्णी हरु वा आधारहिन आक्षेप हरु :

कसै कसैले थारु हरु को अनुवांशिक गुण मा नै अल्छिपन्, कायारता,  पछुवा  रिसाहा जस्ता आधार हिन तर्क  र गलत आरोप हरु  लगाउने गरेको पाइन्छ जस्को कुनै वैज्ञानिक आधार छैन, यस्ता बेतुका आधार हिन तर्क हरु आफ्नो पर्तीद्वन्धी  लाई मानसिक रुप मा कमजोर पार्न गरिने चाल हो ।

भनाई पनि छ ‘मन का हारे हार है, मन का जिते जित ‘  यो कुनै विशेष जाती वा वर्ग लाई होच्याएर मानसिक र वौधिक रुप मा नै कमजोर पारी हराउने  अरु जात  को कुटिल चाल हो । उदाहरण को रुप मा नेपाल का जनजाती हरु प्रशासनिक र उच्च पद हरु का लागी असक्षम छैन जस्ता षडयन्त्रपुर्ण कुतर्क हो अरु जात  को ।

कतिपय जिल्ला र क्षेत्र हरुमा जहाँ थारु हरु समाजिक , शैक्षिक्, राजनैतिक र आर्थीक रुप मा  कमजोर छन , तिनी हरु लाई मन ले कमजोर पार्न र अझ दबाउन ‘ थारु भन्नेकै दारु हो’ भन्ने नयाँ  होच्याउने हतियार प्रायोग गर्ने गरेको पाइन्छ जब कि थारु का पिता पुर्खा एस्तो थिएन र अहिले अन्य जाती ले नै बडी दारु खाने गर्दछन तर थारु लाई मात्रै  बद्नाम गरी रहेका छन ।

समाजिक , शैक्षिक्, सांस्कृतिक , राजनैतिक र आर्थीक कारणहरु र यसका कारक तत्व हरु :

बदलिदो देश , काल परीस्थिती अनुसार थारु समाज बदलिन सकेन र अरु को तुलना मा पछडी पर्‍यो । सदियौं देखी आफ्नै भुगोल मा सिमित , आफ्नै सम्पूर्ण र आत्म निर्भर समाज मा बन्द भ्एर बस्दै आएको ले पनि  एकै चोटी बाहिरी  संसार संग तालमेल मिलाउन थारु समाज लाई गार्हो  हुने नै भयो । त्यस मा पनि  अरु बहिरी संसार भन्दा  फरक आफ्नै मौलिक परम्परा, रितिथिति, प्रचलन प्रथा , विस्वास , अंधविस्वास व्यापत रहेको ले  बाहिरी संसार  संग संगै बदल्न  समय लिने नै भयो । यी र यस्ता  समाजिक , शैक्षिक्, सांस्कृतिक , राजनैतिक र आर्थीक कारणहरु र यसका कारक तत्व हरु को विस्तृत समाजिक विश्लेषण  र चिरफार जरुरी छ र यस्का लागी समाज मै गएर छलफल र विचार विमर्श चलाउनु उचित हुन्छ ।

थारु समाज मा पहिला  पहिला कुनै पनि  विषय र मुद्दा हरु मा  ‘ बसघरा’ , ग्रामिण पंचैति,  प्रगना, चौरासी र अन्य सामाहिक भेला वा समारोह मा  व्यापक  रुप मा  छलफल ,विचार विमर्श  र फैसला पनि  हुने गर्दथ्यो र समय मै ती समस्या को हल  निकालेर तत्काल लागु पनि हुन्थ्यो जसले गर्दा समज का विकार्, विकृती  र विसंगती हरु तुरुन्तै नियन्त्रन हुने गर्दथ्यो । तर अहिले आएर यस्ता घर परिवार , टोल समुदाय  र समज वा जातिय समस्या बारे छलफल र विचार विमर्श चलाउनु  कतै कुनै बसघरा ,सभा, बैठक , मंच छैन जसले गर्दा छलफल र विचार विमर्श हुनै छाडे ।

शिक्षा को कुरा  गर्दा २००७ को प्रजातन्त्र पछी पुर्बी तराई का सप्तरी, सिराहा, सुनसरि, मोरंग , बारा पर्सा मा जहाँ थारु हरु समाजिक   र आर्थीक रुप मा बलिया थिए,  जमिन्दार , धनी कृषक्, पट्वारी गुमस्ता थिए , आफ्नै जग्गा दिएर ठाउं  ठाउं मा  स्कुल्, कलेज खोले र आफ्ना सन्तान हरु शिक्षा साथै समाज का उन्नती को अभियान चलाए र त्यस का राम्रो प्रतिफल पनि प्राप्त भयो । केहि मात्रा मा भए पनि  थारु ब्च्चा हरु डाक्टर्, इन्जिनियर बने र समाज  मा  शिक्षा प्रती सचेतना र सकारात्मक माहौल बढयो । तर आज का दिन ती दाता र शिक्षा का प्रवर्तक हरु का सन्तान नै शिक्षा मा पछाडी पर्दै गइरहेका छन-  स्कुल्, कलेज का कारण हैन ?

 त्यसो भए के  कारणहरु ले गर्दा हो- ती कारण हरु र त्यसका कारक तत्व हरु को विस्तृत खोज्, अनुसंधान र  विस्तृत समाजिक विश्लेषण गरेर ती कारण हरु को तहसम्म  पुगेर ठोस समाधान हरु  पता लगाउनु एकदामै जरुरी  एवं आवश्यक भइ सकेको छ । ती कारण हरु घर परिवार भित्रै छ कि ? परिवारिक लालन पालन , संस्कार मा कमी ले हो कि वा परिवारिक , समाजिक  सांस्कृतिक वातावरण  र माहोल अनुकुल न भएको हो कि ? समाज मा व्याप्त कुप्रथा, कुरिति, प्रचलन का  असर परेको छ कि ? एउटा उदाहरण ले केहि अनुमान गर्न  सजिलो होला कि ?

अहिले पनि स्कुल् हरु मा थारु वच्चा हरु शुरु शुरु का क्लास हरु मा पढाई लेखाई मा अवल्ल हुन्छन र फर्सट आउने गर्छन तर ७-८ क्लास पुग्दा न पुगदै  विस्तारै पछी पर्दै जान्छन र कती ले मुश्किल ले  SLC  or SSE  पास गर्ने गर्दछन किन यस्तो भएको ? सोच्नै पर्ने र अत्यन्त चिन्ता को विषय हो । कलेज तिर को यात्रा त बस अरु को लागी पढी दिएको जस्तो टाइम पास वा आ-आफ्ना जोडी रोजन को लग्गी मात्रै  कलेज का जाने गरेको जस्तै छ एक आध आपवाद वाहेक । यसले गम्भिर समस्या तिर इंगित गर्दै छ जुन एक्दमै महत्वपुर्ण विषय हो । यहाँ नेर एउटा ठुलो समस्या तरफ औंला उठी रहेको छ र कारण तिर संकेत गरेको छ । शायद हाम्रा  परिवारिक , समाजिक र सांस्कृतिक वातावरण  र माहोल  हाम्रा सन्तान र बाल वच्चा हरु का पुर्ण विकाश का लागी ठीक छैन कि ?  आमा बुवा का भूमिका , मार्गदर्शन र रेखदेख पुगेन कि ? अगाडी बढने उत्प्रेरणा  motivation पाएन कि ?

उनि हरु का लागी चाहिने स्थान्, समय वा संगत उपयुक्त भएन कि ? किन त्यति राम्रो गर्ने हरु बिगरियो त ?  अनेक प्रश्न हरु उठी रहेका छन । जुन समाज को कर्णधार भावी पुस्ता खास बन्ने बेला मै बिगर्ने भइ रहेका छन ती समाज को भविष्य के होला ? जसरी एउटा बाली सपर्न लाइ राम्रो बिउ संगै अनुकुल र सुहाउदो जल्, जमिन्    मौसम , वतावरण एवं गोड मेल  स्याहार सुसार चाहिन्छ । अहिले का युवा पुस्ता किन लक्ष्य हिन र दिशाहिन छन  यस का कारण बाहिरी  मात्रै हो भन्ने अरु जत जाती का उसका साथी संगी हरु विस्तारै शुरु गरेर पनि अगाडी का यात्रा सफलता पूर्वक पार गर्दै उमेर संगै पढाई लेखाई मा अवल्ल हुँदै आ-आफ्ना  लक्ष्य निर्धारन  गर्दछन र  आफ्ना गन्तव्य  तिर लाग्दै  डाक्टर्, इन्जिनियर  बन्दछन भन्ने पहिला फर्सट हुने थारु वच्चा हरु हरु किन कलेज पढ्दा पढ्दै प्रेम सरेम गरेर बिहावारी गरी घर मा सिमित हुन पुग्दछन , किन तिनि हरु आफ्ना उदेश्य  बनाउन चाह्दैन वा भविष्य मा के बन्ने भन्ने कुरा तय गर्न सक्दैन  । शायद आफ्नो जीवन को उदेश्य निर्धारन  गर्ने प्रेरणा वा उत्प्रेरणा  motivation पाएन कि ? आफ्नै घर परिवार र समाज मा बाटो देखाउने उदाहरणिय र अनुकरणिय  व्यक्तीहरु Role model पएन कि ?  सुन्दर र सुखी जीवन को सपना देख्ने सोच दुरदृष्टी पुगेन कि ?  अन्य जात मा पढे लेखेर केहि बनेन भन्ने समाज मा बेइज्जत हुन्छ्, राम्रो केटी बिहा गर्न पाउदैन्, मान सम्मन ,  धन दौलत केहि हुँदैन र जीवन बर्बाद हुन्छ भन्ने सकारत्मक वा अप्रत्यक्ष  प्रेरणा वा उत्प्रेरणा  motivation दिइ रहेका हुन्छन र उस्का आमा बुवा ले सपना देखेका हुन्छन र समाज ले  आशा गरेका हुन्छन र ती सपना र आशा पुरा गर्नु पनि एउटा  अभिश्ट लक्ष्य बन्द्छ  र पुरा गर्नै पर्ने दायित्व बन्द्छ । तर थारु समाज मा यस्ता आशा र सपना कमै देख्ने गरिन्छ र देखे पनि पुरा गर्नै पर्ने  दायित्व हुँदैन ।  त्यहाँ  ‘ मिया के दौड मस्जिद तक्’ भन्ने झै एक थारु युवा को लक्ष्य बिहावारी गरेर घर मा सिमित हुने  हो । यी यावत समस्या हरु समाधान गर्नै पर्ने हुन्छ यदी थारु समाज मा साच्चिकै र  दुरगामी परिवर्तन र प्रगती चाहिन्छ भन्ने ।

विगत मा थारु समाज आर्थीक रुप मा अत्यन्त सम्पन्न र आत्मनिर्भर थिए । तरई का एकदम उब्जाउ  र मलिलो माटो  भएक धेरै जसो जिल्ला हरु  थारु हरु को मुल वसोवास  रहेका थिए ।पुर्व झापा देखी पश्चिम कंचनपुर सम्म का मुख्य उर्वरा भुमी थारु भुमी पुत्र हरु ले नै निर्माण गरेका हुन भन्ने कुरा सबै ले मनेका छन । पहिला पहिला यी जिल्ला हरु आबाद गर्ने बहुसंख्यक थारु हरु अहिले बाहिरिया बसाइं सराई ,   बढदो शहरिकरण ले  अल्प हुँदै गएका छन यो बद्लिदो समय को प्रभाव हो यस लाई केहि गर्न सकिदैन त यस अनुसार बद्लिनु पर्ने हुन्छ सच्चिन सक्नु पर्दछ । यो समय को मांग हो, अस्तित्व जोगाउने उपाय र  आवश्यकता हो । ‘ मेरो गोरु को बार्है टका ’ भन्नेर एकै ठाउं मा अडकिएर बसे मा समय को तेज धारा मा बगेर र डुबेर हराउने खतरा हुन्छ ।

प्रख्यात जिवशास्त्री डार्विन को  प्राकृतिक छनौट  Natural selection and Survival of the Fittest  का सिधान्त अनुसार यस संन्सार मा सबभन्दा  सक्षम र उपयुक्त प्राणी हरु मात्रै बाच्न सक्छ । यस संसार का सब भन्दा बलिया र विशालकाय डाइनोसोर आफु र आफ्ना जाती लाई समय अनुसार बद्लिन न सकेर  यस संसार बाट लुप्त भई  का म्युजियम मा मात्रै भेटे जस्तो । समय सुहाउंदो परिवर्तन र परिमार्जन गरेन भने थारु हरु को अस्तित्व, निरन्तरता , पहिचान र प्रगती  बारे के हुनेछ यसै  भन्न सकिदैन । यो गम्भिर प्रश्न थारु हरु को अस्तित्व, निरन्तर ता , पहिचान र प्रगती संगै गांसिएको छ , यस्का कारणहरु र कारक तत्व हरु पता लगाइ  सही समाधान का उपाय   पता  लगाइ स्वंय थारु जन हरु यी तथ्य हरु मन र मुटु मा बसाएर , अरु कसैले बुझाएर मात्रै हैन आफै सुसुचित भएर , आफै राम्रो संग बुझेर  भित्रै बाट आत्मसात गर्दै समय अनुसार स्वंय आफै आफु लाई बदल्नु को अर्को कुनै विकल्प देखिदैन । नत्र चितवन का गैंडा र बर्दिया का बाघ त बाच्ने छन होला तर ति जिल्ला का थारु र थरुहट को नामो निशान र पहिचान लोप भएर पछी ईतिहास मा खोज्नु पर्ने होला ।

यो आलेख को मुख्य उदेश्य पनि यही हो ।

एउटा अर्को महत्वपूर्ण तर एकदम उपेक्षित विषय र कारण राजनिती हो जुन सबै निती हरु  को राजा हो, सवभन्दा ठुलो र जरुरी निती राजनिती हो  । यसले अन्य सबै कुराहरु लाइ असर गर्दछ र यो बिना कुनै समाज व देश को काम चल्दैन ।तर थारु समाज मा  राजनिती लाई वर्जित ,  खराब काम एवं हेय र हेला का नजर ले हेर्ने गरिन्छ  ।

थारु समाज मा  राजनिती बारे गलत धारणा बनाइका पाइन्छ  – खत्म र काम न लाग्ने  खेल हो भन्नेर कुनै षडयन्त्र कारी ले थारु हरु राजनिती बारे चासो न लेवोस र यस्मा न लागोस भन्ने गलत प्रचार हो, कुटिल छल कपट हो केहि स्वार्थी हरु को राजनिती बारे फैलाईएका वा  पुर्व नियोजित  रुप मा थारु हरु लाई यसमा आउन न दिने गलत नियत का साथ प्रचार  प्रसार गरिएका पाइन्छ । यो त आफ्ना मुख्य  ईष्ट देउता लाई आफै सौझै न हेर्नु भन्ने झै भयो,  दर्शन गर्नु हुंदैन  भन्नेर गरिने पुजारी को कुटिल छल हो ताकी उसको भन्डाफोर न होस र  उसको पुजा  गराउने धन्धा संधै चली रहोस पुजा गराउने यज्मान बाट फाइदा र दान दक्षिणआ उसले लिई रहोस  ।  राजनीति का धुरन्धर खेलाडी हरु मैदान मा  सोझा साझा थारु हरु न आवोस भन्ने  भुल भुलेया मा पारेर र भ्रम मा राख्न  दुष्ट प्रायस हो, आफु ले गर्दा हुने र थारु हरु ले गर्दा  खत्म काम हुने ? यो स्वर्थी तर्क आब चल्दैन,  यो दोहोरो मापदण्ड अब स्विकार छैन ।

यो भ्रम लाई पनि चिर्नै पर्ने हुन्छ । उहिले उहिले थारु हरु नै चौरासी का मान्यजन्, प्रगन्ना प्रमुख्, गुमस्ता, पट्वारि,  तह्सिल्दार तबेदार का मान पदवी पाउने अहिले पनि कतिप य ठाउं हरु मा बड्घर गुरुवा प्रचलन छदै छन  यस्ता जिम्मेवा रि  सफलताअ पुर्वक वहन गर्ने हरु , विगत मा यस्ता  काम गरी सकेका थारु र थरुहट का सामाजिक  र आर्थीक  व्यवस्था का  व्यव्स्थापक र संचालक हुने हरु यी गलत धारणा का कारण थारु हरु मा अहिले राजनिती प्रती  कम चाख्, चेतना, लगाव, सकृयता र स्ंलगन्ता पाइन्छ तर विस्तारी यी भरम टुट्दै गई रहेको छ । आज को दिन मा राजनिती कुनै पनि जाति, समुदाय र समज का लागि न भई न हुने अपरिहार्य आवश्यकता भएको छ ।

उपसंहार्:

अन्तमा  यो आलेख को  मुख्य उदेश्य यसले उठाउन खोजेका अथवा उठाएका विषय र थारु समाज का प्रचलित ज्वलन्त समस्या हरु , तीन का  का मुल कारण   र कारक तत्व हरु को पहिचान्, अध्ययन, अनुसंधान ,विश्लेषण्, एवं समाधान का उपाय हरु, अग्रगमनका लागी सुधारका  कार्यक्रम हरु पता  लगाउन एकदमै जरुरी र महत्वपूर्ण छ किनभने समस्याका मुल कारण थाहा न भइ सही समाधान निकाल्न सकिदैन । यो आलेख ले इंगित गरेका क्षेत्र र विषय हरु को झलक हो । यसका आधारमा सबै वर्ग्, क्षेत्र, जिल्ला हरु लाइ सह्भागि गराइ व्यापक छलफल , विचार विमर्श गरी समस्या का जरा सम्म पुगेर सही समाधान का उपाय  हरु पता  लगाइ लागु गर्न सकिने सुधार का कार्यहरु सिफरिश गर्ने हो , स्वंय थारु जन हरु यी तथ्य हरु मन र मुटु मा बसाएर , अरु कसैले बुझाएर मात्रै हैन आफै सुसुचित भएर , आफै राम्रो संग बुझेर  भित्रै बाट आत्मसात गर्दै समय अनुसार स्वंय आफै आफु लाई बदल्नु को अर्को कुनै विकल्प देखिदैन।

अध्ययन, अनुसंधान र विश्लेषण् लागी आवश्यक  अन्य सुचना, जनकारि, संदर्भ सामग्री हरु को संकलन्, जिल्ला जिल्ला बाट अनुसन्धान कर्ता , सहजकर्ता हरु को छनौट्, प्रशिक्षण, परिचलन र  विस्तृत परियोजना Detailed proposal  and process   , प्रकृया , बजेट्, समय तलिका तयार गरी संसाधन र स्रोत हरु जुटाउन संबन्धित   सबै सरोकार वाला हरु समुदाय , थारु समाज का संध संस्था हरु, राजनैतिक नेता हरु सबै लाई- सुचित र संलगन गराउन  आवश्यक हुनेछ । 

pulkitpallav2000@yahoo.com